Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया सेलेक्ट ३० फण्डकाे सेयर लगानी घट्याे, न्याभ के भयाे ?

अर्थ संसार

सोमबार, १४ कार्तिक २०७९, १२ : ५५ मा प्रकाशित

एनआईसी एशिया सेलेक्ट ३० फण्डकाे सेयर लगानी घट्याे, न्याभ के भयाे ?

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित 'एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड)' नामक सामुहिक लगानी कोषले असाेज मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

असाेज मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) ९ रुपैयाँ ९३ पैसामा सिमित भएकाे छ । उक्त मूल्य अघिल्लाे महिनाकाे तुलनामा ४ पैसाले बढेकाे हाे । भदाै मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य ९ रुपैयाँ ८९ पैसा रहेकाे थियो ।

त्यसैगरी, असाेज मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी भने घटेर १९ करोड १५ लाख २१ हजार रूपैयाँमा सिमित भएकाे छ । भदाै मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १९ करोड २८ लाख ८९ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।

यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ९१ करोड ३० लाख २७ हजार रुपैयाँ छ । फण्डले ४९ वटा सूचिकृत कम्पनीहरूकाे सेयरमा लगानी गरेकाे छ । 

फण्डले प्रकाशन गरेकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

635f76244efd8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको