Like us!
Follow us!
Connect us!
Watch us!

हामी निक्षेपको ब्याजदर घटाउने पक्षमा छौं : उपाध्याय

अर्थ संसार

विहीबार, १७ कार्तिक २०७९, १६ : ३७ मा प्रकाशित

हामी निक्षेपको ब्याजदर घटाउने पक्षमा छौं : उपाध्याय

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले बैंकहरु ब्याजदर घटाउनुपर्ने पक्षमा रहेको संकेत गरेका छन्। आज राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंकहरु कस्ट मात्रै बढिरहेको हुँदा भोलिका दिनमा ब्याजदर घटाउनु पर्ने बताएका हुन्। 

२०७८ असारमा ८.४३% मा रहेको कर्जाको औसत दर २०७९ को भदौ महिनासम्म आईपुग्दा बढेर १२% पुगेको बताउँदै उपाध्यायले निक्षेपको ब्याजदर बढ्दा बैंकहरुको बेस रेट बढ्न गई कर्जाको ब्याजदर बढाउनुपर्ने बाध्यात्मक अवस्था आएको बताएका छन्।

नेपालमा डिपोजिटको स्रोत नै अस्थिर रहेको र त्यसको प्रभाव स्वरुप कर्जाको ब्याजदरमा छिटो छिटो परिवर्तन आउने गरेको बताउँदै उनले ९८% भन्दा धेरै डिपोजिट बढीमा १ वर्षे अवधिका लागि मात्रै आउने गरेको बताए। पूँजी बजार अस्थिर हुनु, बोण्ड मार्केटको विस्तार नहुनु जस्ता कारणहरुले पनि तरलता र ब्याजदरमा प्रभाव परेको उनको भनाई छ।  

नेपालीहरु उद्योगभन्दा पनि व्यापारतिर मात्रै बढी आकर्षित भएको भन्दै उपाध्यायले उधमशिलता नफ़स्टायसम्म मुलुकको विकास हुन नसक्ने भन्दै उनले विशेषगरी कृषि उत्पादनमा ध्यान दिईनुपर्ने बताए। खाद्यान्नमा आत्मनिर्भर हुन सकियो भने नेपाल कहिल्यै पनि संकटमा नजाने र कृषि क्षेत्रमा लगानी गर्न बैंकहरु पनि तम्तयार रहेको भन्दै उपाध्यायले आयात घटाउनु र निर्यात बढाउनु नै अहिलेको समस्याबाट बाहिर निस्किने एकमात्र उपाय भएको बताएका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको