Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट बैंकको लाभांश घोषणा, यस्तो छ ११ बर्षको लाभांश इतिहास

अर्थ संसार

आइतबार, २० कार्तिक २०७९, १० : ३६ मा प्रकाशित

एभरेष्ट बैंकको लाभांश घोषणा, यस्तो छ ११ बर्षको लाभांश इतिहास

एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । 

कम्पनीको कार्तिक १८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

एभरेष्ट बैंक लिमिटेडकाे लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ५० प्रतिशत नगद गरि कूल ६० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र १.५८ प्रतिशत नगद गरि कूल ३१.५८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ५०.५३ प्रतिशत नगद गरि कूल ६०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बाेनस र ५० प्रतिशत नगद गरि कूल ६२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बाेनस र ६.५७ प्रतिशत नगद गरि कूल ३६.५७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ७० प्रतिशत बाेनस र ३.६७५ प्रतिशत नगद गरि कूल ७३.६७५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई ३३ प्रतिशत बाेनस र १.७४ प्रतिशत नगद गरि कूल ३४.७४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र २० प्रतिशत नगद गरि कूल २५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र ५.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

११. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६ प्रतिशत बाेनस र ४.३२ प्रतिशत नगद गरि कूल १०.३२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

63673e47ee70b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको