Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफद्वारा अभिकर्तालाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

अर्थ संसार

मंगलबार, २२ कार्तिक २०७९, १३ : ३२ मा प्रकाशित

महालक्ष्मी लाईफद्वारा अभिकर्तालाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न देशैभरीका शाखा तथा उपशाखामा कार्यरत एजेन्सी म्यानेजर, चिफ एजेन्सी म्यानेजहरुको लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम कार्तिक २० गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा देशैभरीबाट ७० जनाभन्दा बढी एजेन्सी म्यानेजरहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धमा विस्तृत प्रशिक्षण गराइएको थियो। 

गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइएकाे थियाे ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए । कम्पनीका अनुपालन अधिकृत तथा चार्टर्ड एकाउन्टेन्ट कपिल आचार्यले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएका थिए । साथै कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला, विभागिय प्रमुख योगेश कुमार नेपाल, श्रीजन श्रेष्ठ र कम्पनीका बागमती प्रदेश प्रमुख राम प्रसाद भुसालको समेत उपस्थिती रहेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको