Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तको नाफा बढ्यो, ८८ रुपैयाँ पुग्यो प्रतिसेयर आम्दानी

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, ०७ : २५ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तको नाफा बढ्यो, ८८ रुपैयाँ पुग्यो प्रतिसेयर आम्दानी

नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो त्रेमाससम्ममा संस्थाको मुनाफामा बृद्धि भएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.३० प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ५ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ११.३० प्रतिशतले बढेर ८ करोड ९६ लाख २२ हजार रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ८ करोड ५ लाख २० हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १०.५३ प्रतिशतले बढेर ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ र जगेडा कोषमा ६३ करोड ७ लाख रुपैयाँ रहेको छ ।  समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८८ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ ३४७ रुपैयाँ ३५ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३१.६१ गुणा रहेको छ । त्यस्तै संस्थाले खराब कर्जालाई ७.३२ प्रतिशतबाट घटाएर ४.४१ प्रतिशतमा झार्न सफल भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको