Like us!
Follow us!
Connect us!
Watch us!

४ अर्बले बढ्यो वाणिज्य बैंककाे निक्षेप, सिडी रेसियो कति छ ?

अर्थ संसार

बुधबार, २३ कार्तिक २०७९, १४ : ४५ मा प्रकाशित

४ अर्बले बढ्यो वाणिज्य बैंककाे निक्षेप, सिडी रेसियो कति छ ?

वाणिज्य बैंकहरूकाे निक्षेप संकलन ४ अर्बले बढेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक २१ गते, साेमबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कार्तिक २० गते, आइतबारसम्म  बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ५१ खर्ब ६६ अर्ब रूपैयाँ रहेकाे थियाे । बैंक तथा वित्तीय संस्थाकाे निक्षेप ३ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ४ अर्बले बढेर ४५ खर्ब ५० अर्ब पुगेकाे छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ३ अर्बले घटेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४७ खर्ब ५८ अर्ब रूपैयाँ छ । यसै अवधिमा वाणिज्य बैंकहरूले ४२ खर्ब १७ अर्ब रूपैयाँ बराबरकाे कर्जा प्रवाह गरेका छन् । 

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.०६ प्रतिशत रहेकाे राष्ट्र बैंकले जनाएको छ । 

636b6d0ea9e59.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको