Like us!
Follow us!
Connect us!
Watch us!

३ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

अर्थ संसार

विहीबार, २४ कार्तिक २०७९, १४ : २१ मा प्रकाशित

३ अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

बैंकहरूकाे निक्षेप संकलन ३ अर्बले बढेकाे छ । बैंकहरूकाे निक्षेप संकलन बढ्दा सिडी रेसियाेमा पनि सुधार देखिएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक २२ मंगलबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५१ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । कार्तिक २१ गते, साेमबारसम्म बैंकहरूकाे निक्षेप ५१ खर्ब ६९ अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ३ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ३ अर्बले बढेर ४५ खर्ब ५३ अर्ब पुगेकाे छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी भने ३ अर्बले घटेर ४२ खर्ब १४ अर्ब रूपैयाँमा सिमित छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब ५७ अर्बमा झरेकाे छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८७.०६ प्रतिशतबाट घटेर ८७ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । 

636cbada8ceff.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको