Like us!
Follow us!
Connect us!
Watch us!

व्यवसायीले बुझाए अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र, कर्जाको ब्याजदर एकल अंकमा हुनुपर्ने माग

अर्थ संसार

शुक्रबार, २५ कार्तिक २०७९, ०८ : ३२ मा प्रकाशित

व्यवसायीले बुझाए अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र, कर्जाको ब्याजदर एकल अंकमा हुनुपर्ने माग

तनहुँका उद्योगी, व्यवसायीले अर्थमन्त्री र गभर्नर समक्ष ज्ञापनपत्र बुझाएका छन्। तनहुँ उद्योग वाणिज्य संघको नेतृत्वमा बिहीबार उद्योगी, व्यवसायीको टोलीले ७ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालमार्फत् अर्थमन्त्री र गभर्नरलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा कर्जाको ब्याजदर एकल अंकमा हुनुपर्ने, बैंक तथा वित्तीय संस्थाले विभिन्न शीर्षकमार्फत् सेवा शुल्कका नाममा कुनै पनि शुल्क लिन नपाउने, कर्जाको ब्याजदर पुनर्संरचना गर्नुपर्ने, विगतमा मौद्रिक नीतिमार्फत् दिएको छुट कार्यान्वयन हुनुपर्ने लगायत माग गरिएका तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताए।

ऋणीको उद्योग, व्यापार, व्यवसायको सम्पूर्ण नगद कारोबार चल्ती खातामार्फत् गर्ने व्यवस्था भएकोमा नगद कारोबार कर्जा खातामा नै जम्मा गर्ने व्यवस्था हुनुपर्ने, कर्जा लगानी गरेपश्चात कम्तीमा एक वर्षसम्म ऋणीको सहमतिबिना ब्याजदरमा कुनै पनि वृद्धि गर्न नहुने उनीहरूको माग छ। बैंक तथा वित्तीय संस्थाले अनुचित रूपमा बढाएको लिलामी प्रक्रिया तत्काल स्थगित हुनुपर्ने माग गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ र पूर्वकेन्द्रीय सदस्य वृषराज श्रेष्ठले संयुक्त रुपमा प्रजिअ अर्याललाई सो ज्ञापनपत्र बुझाएका हुन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको