Like us!
Follow us!
Connect us!
Watch us!

३६८ प्रतिशतले बढ्यो नेशनल हाइड्रोको बिद्युत बिक्रि आम्दानी, नाफामा ९८ प्रतिशतको गिरावट

अर्थ संसार

आइतबार, २७ कार्तिक २०७९, ०६ : ३० मा प्रकाशित

३६८ प्रतिशतले बढ्यो नेशनल हाइड्रोको बिद्युत बिक्रि आम्दानी, नाफामा ९८ प्रतिशतको गिरावट

नेशनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा गिरावट आएको छ ।

अघिल्लो आर्थिक बर्षको यसै अवधिमा कम्पनीले तत्लो इन्द्रावतीको लाइसेन्स पाएपछि ६१ करोड ७२ लाख ४७ हजार रुपैयाँ राईटब्याक हुँदा कम्पनीको नाफामा व्यापक बृद्धि भएको थियो तर यो समिक्षा अवधिमा त्यस्तो आम्दानी नभएपछि कम्पनीको मुनाफामा व्यापक गिरावट आएको हो ।  

उक्त विवरण अनुसार पहिलो त्रैमाससम्ममा कम्पनी ६८ लाख १८ हजार रुपैयाँ कामाएको छ जुन गत आर्थिक बर्षको तुलनामा ९८.८३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५८ करोड ७४ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ६ करोड ३६ लाख २८ हजार रुपैयाँ बिजुली बेचेर कमाएको छ यस्तो मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा ३६८.६७ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड ३५ लाख ७६ हजार रूपैयाँको बिजुली बेचेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार २ करोड ३८ लाख ४६ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १.९६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा पुगेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः 

63703e8320521.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको