Like us!
Follow us!
Connect us!
Watch us!

सोल्टी होटलको नाफामा उछाल, २३४ प्रतिशतले बढ्यो कुल आम्दानी

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, ०७ : १२ मा प्रकाशित

सोल्टी होटलको नाफामा उछाल, २३४ प्रतिशतले बढ्यो कुल आम्दानी

सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा व्यापक सुधार देखिएको छ । 

पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनी ११ करोड २० लाख ६ हजार रुपैयाँ कमाएको छ । तर गत आर्थिक वर्षको यसै अवधिको कम्पनी २ करोड ११ लाख ६६ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । 

समिक्षा अवधिसम्ममा कम्पनीको जम्मा आम्दानी २३४.१५ प्रतिशतले बढेको छ । गत बर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा १२ करोड ३६ लाख ७८ हजार रुपैयाँ मात्र रहेकोमा अहिले त्यो बढेर ४१ करोड ३२ लाख ७३ हजार रुपैयाँ पुगेको छ । 

यसैगरी, समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीले चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको छ भने कम्पनीको रिजर्भको आकार पनि बढेर ९९ करोड ८७ लाख ५१ हजार रुपैयाँ पुगेको छ । 

त्यस्तै, कम्पनीको खुद मुनाफामा बृद्धि आएसंगै प्रतिशेयर आम्दानी पनि सुधार देखिएको छ । गत बर्ष २५ पैसा ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो अवधिमा घटेर १.३३ रुपैयाँ हुन पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २१ रुपैयाँ ८५ पैसा रहेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

6372eb5a605fa.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको