Like us!
Follow us!
Connect us!
Watch us!

३९ प्रतिशले बढ्यो तेह्रथुम पावरको नाफा, बिद्युत बिक्रि आम्दानी ५.७६ करोड

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, ०८ : १७ मा प्रकाशित

३९ प्रतिशले बढ्यो तेह्रथुम पावरको नाफा, बिद्युत बिक्रि आम्दानी ५.७६ करोड

तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले १ करोड ६६ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ जुन गत आर्थिक बर्षको यसै अवधिका तुलनामा ३९.८९ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १ करोड १८ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ५ करोड ७६ लाख ४० हजार रूपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो बर्षको यसै अवधिको तुलनामा २०.९२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ४ करोड ७६ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ र जगेडा कोषको आकार ८ करोड ३१ लाख ६६ हजार रूपैयाँ नकारात्मक रहेको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ४.६१ रुपैयाले बढेर १६ रुपैयाँ ६१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि ७९ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २० गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको