Like us!
Follow us!
Connect us!
Watch us!

मर्जर प्रस्ताव सहित लाभांश पारित गर्न बैंक अफ काठमांडौले डाक्यो साधारणसभा

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, १० : २७ मा प्रकाशित

मर्जर प्रस्ताव सहित लाभांश पारित गर्न बैंक अफ काठमांडौले डाक्यो साधारणसभा

बैंक अफ काठमांडौ लिमिटेडले बार्षिक साधारणसभा आह्वान गरेको छ । बैंक अफ काडमाण्डौ ग्लोबल आईएमई बैंकसँगै मर्जर प्रक्रियामा रहेको छ ।

बैंकको संचालक समितिको बैठकले बैंकको २८ औँ वार्षिक साधारणसभा मङ्सिर २३ गते शुक्रबार बिहान १० बजेदेखि ञिभुवन आर्मी अफिसर्स क्लबमा संचालन गर्ने निर्णय गरेको हो ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ६ प्रतिशत बोनस सेयर र १४.९५ प्रतिशत नगद लाभांश ९कर समेत० गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा समेत छलफल गरी पारित हुनेछ । साथै मर्जर तथा एक्विजिशन गर्न सञ्चालक समितिबाट गठित मर्जर समिति तथा सोले गरेको कार्य अनुमोदन गर्ने, मर्जर तथा एक्विजिशन सम्बन्धि अन्य कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी दिने प्रस्ताव समेत पारित गर्नेछ । 

मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको