Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

अर्थ संसार

मंगलबार, २९ कार्तिक २०७९, १२ : ४० मा प्रकाशित

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट, आयुर्वेद, श्रृगार, स्वास्थ्य लगायतका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंका विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले The Himalayan Grill By Bajeko Sekuwa का सम्पूर्ण सेवामा १५%, Kundalini Ayurveda का सेवाहरुमा अधिकतम २०%, Tsubaki Beauty Saloon & Enterprises Pvt. Ltd का सेवाहरुमा १०%, Opulence Aesthetics Pvt. Ltd. का सेवाहरुमा १०% र Crystal Diagnostic Pvt. Ltd. का सेवाहरुमा अधिकतम २५% को छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
                                

                                        
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको