Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जीको लाभांश घोषणा, सभा कहिले ?

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ११ : ०० मा प्रकाशित

माउन्टेन इनर्जीको लाभांश घोषणा, सभा कहिले ?

माउन्टेन इनर्जी नेपाल कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । 

कम्पनीकाे हिजाे कार्तिक २९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ । कम्पनीले साधारण सभा तथा लभांश प्रयाेजनका लागि मंसिर २७ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे  छ । त्यसैले, मंसिर २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भएर कायम हुने सेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीकाे वार्षिक साधारण सभा पाैष ८ गते हुनेछ ।

सूचना हेर्नुहाेस् :

637473875e7b2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको