Like us!
Follow us!
Connect us!
Watch us!

४२.९५ प्रतिशतले घट्याे अपि पावरकाे नाफा, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, ११ : ४५ मा प्रकाशित

४२.९५ प्रतिशतले घट्याे अपि पावरकाे नाफा, अन्य सूचक कस्ता छन् ?

अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ४ करोड ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४२.९५ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले ७ करोड ६६ लाख ७९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी पनि १०.६८ प्रतिशतले घटेर १५ करोड ९ लाख ३१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ८९ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८४ करोड ४९ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीकाे जगेडा काेषमा ३४ करोड ४ लाख १५ हजार रुपैयाँ सञ्चित रहेकाे छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ८५ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको