Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीकाे साधारण सभा सम्पन्न, सञ्चालकमा ४ जना निर्विराेध निर्वाचित

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १३ : ४१ मा प्रकाशित

अरुण काबेलीकाे साधारण सभा सम्पन्न, सञ्चालकमा ४ जना निर्विराेध निर्वाचित

अरुण काबेली पावर लिमिटेडको १२ औं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा आज (कार्तिक ३० गते, बुधबार) अल्फा बिटा कम्प्लेक्स, नयाँ बानेश्वर काठमाण्डौंमा सम्पन्न भएको छ ।

कम्पनीको १२ औं वार्षिक साधारण सभाले कम्पनीको हालसम्मको सञ्चित मनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतका दरले बाेनस सेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतका दरले नगद लाभांश गरी कुल १०.५२६३ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।

यसैगरी, सभामार्फत् सर्वसाधारण सेयरधनीहरूकाे प्रतिनिधित्व गर्दै ४ जना सञ्चालक निर्विराेध निर्वाचित भएका छन् । निर्वाचित भएका सञ्चालकहरूमा गुरू प्रसाद न्याैपाने, रमेश प्रसाद न्याैपाने, जिवन राज शाक्य र सलिना नेपाल रहेका छन् । यस्तै, स्वतन्त्र विज्ञ सञ्चालकमा शास्वत चालिसे मनाेनित भएका छन् ।

यसका साथै, सभामा कम्पनीको बार्हाैँ वार्षिक साधारण सभामा कम्पनीको २०७२ आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह लगायतका वित्तिय विवरणहरु पारित भएका छन् । कम्पनीले आगामी आर्थिक वर्ष २०७९।८० को लागि वाह्य लेखापरिक्षक नियुक्त गरेको छ । 

कम्पनीको ११ औं वार्षिक साधारण सभाबाट पारित चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट हकप्रद निष्कासनको पूर्वस्वीकृती प्राप्त भई धितोपत्र बोर्डबाट स्वीकृतीको अन्तिम चरण रहेको छ।

कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ्ग जिल्ला बीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी-१ जलविद्युत परियोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७६ कार्तिक २३ गते देखि व्यापारिक उत्पादन गरिरहेको छ । यो परियोजना सञ्चालनमा आएको तेश्रो वर्ष पुरा भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको