Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतकाे नाफामा दाेहाेराे अंककाे वृद्धि, ईपीएस पनि बढ्यो

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १४ : ३३ मा प्रकाशित

राधी विद्युतकाे नाफामा दाेहाेराे अंककाे वृद्धि, ईपीएस पनि बढ्यो

राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले २ करोड ५ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले एक करोड ७३ लाख ५९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी भने २.४५ प्रतिशतले घटेर ४ करोड ९ हजार रुपैयाँमा झरेकाे छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड १० लाख ९९ हजार रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ( ईपीएस) १२ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २१ पैसा रहेकाे छ । कम्पनीकाे मूल्य आम्दानी अनुपात १६.९ गुणा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको