Like us!
Follow us!
Connect us!
Watch us!

सरकारको खातामा १९५ अर्ब रुपैयाँ

अर्थ संसार

बुधबार, ३० कार्तिक २०७९, १५ : १२ मा प्रकाशित

सरकारको खातामा १९५ अर्ब रुपैयाँ

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा सरकारका विभिन्न खाताहरुमा गरी कुल १९५ अर्ब ६२ करोड रुपैयाँ मौज्दात रहेको जनाएको छ ।

राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तिय अवस्था सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । उक्त रिपोर्ट अनुसार चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार समेत गरी कुल १९५ अर्ब ६२ करोड रुपैयाँ मौज्दात छ । 

नेपाल सरकार, अर्थ मन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार आर्थिक वर्ष २०७९ ८० को तीन महिनामा संघीय सरकारको कुल २७८ अर्ब १७ करोड रुपैयाँ खर्च भएको छ । यस अवधिमा चालु खर्चतर्फ २२३ अर्ब ७५ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ १९ अर्ब ६८ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ३४ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको