Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा राैनकता, लगानीकर्ताको रोजाईमा हाइड्राेपावर

नेप्से

विहीबार, ०१ मंसिर २०७९, १५ : ०४ मा प्रकाशित

सेयर बजारमा राैनकता, लगानीकर्ताको रोजाईमा हाइड्राेपावर

चुनाव अघिकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर बजारमा राैनकता देखिएकाे छ । बिहीबार नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । बढेकाे बजारमा लगानीकर्ताहरूकाे रोजाईमा हाइड्राेपावर परेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २५.५७ अंकले बढेर १९३६.८३ विन्दुमा पुगेकाे छ । नेप्से १.३४ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.१९ अंकले बढेर ३८१.०६ विन्दुमा पुगेकाे छ । 

कूल २२३ वटा कम्पनीकाे ४३ लाख ८४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ७१ करोड ५४ लाख १९ हजार २ सय ८६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै हाइड्राेपावर समूह बढेकाे छ ।

बिहीबार पनि रिडी पावर कम्पनी लिमिटेडकाे नै सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे १४ कराेड ३९ लाख १५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।  सिक्लेस हाइड्राेपावर कम्पनी लिमिटेड र सयपत्री हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

यस दिन फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य २.९७ प्रतिशतले घटेर २ हजार ६ सय १० रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको