Like us!
Follow us!
Connect us!
Watch us!

बरुण हाइड्रोको लिलामी सेयर बाँडफाँड, कट अफ प्राइस कति ?

अर्थ संसार

शुक्रबार, ०२ मंसिर २०७९, १२ : ०२ मा प्रकाशित

बरुण हाइड्रोको लिलामी सेयर बाँडफाँड, कट अफ प्राइस कति ?

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले कार्तिक १४ गतेदेखि कार्तिक २१ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर बाँडफाँड गरिएकाे छ ।

उक्त अवितरित हकप्रद सेयरमा परेका बाेलपत्रहरू कार्तिक २८ गते, साेमबार खोलिएर कार्तिक २९ गते, मंगलबार बाँडफाँड गरिएकाे हाे । लिलामी सेयरमा एक सय ९१ रूपैयाँ ३४ पैसा कट अफ कायम भएकाे छ ।

बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा आज (मंसिर २ गते, शुक्रबार) बाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएकाे छ । 

कम्पनीले भदौ ६ गतेदेखि भदौ ३१ गतेसम्म निष्कासन गर्दा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५५ हजार ६९ कित्ता हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गरेको थियाे । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

637723ca6c292.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको