Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे नेपाल इन्भेष्टमेन्ट र मेगा बैंककाे काराेबार फुकुवा

अर्थ संसार

शुक्रबार, ०२ मंसिर २०७९, १४ : २१ मा प्रकाशित

नेप्सेले गर्याे नेपाल इन्भेष्टमेन्ट र मेगा बैंककाे काराेबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ ।

नेप्सेले हिजाे मंसिर १ गते, बिहीबारकाे निर्णय अनुसार आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । 

दुवै बैंकबीच जेठ २७ गते, शुक्रबार मर्जर सम्झाैता भएकाे थियाे । यी बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हाे । मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा  पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा  ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । 

हाल मेगा बैंकको चुक्तापुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ।  मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ। 

सूचना हेर्नुहाेस् :

 

637744b5f21f5.JPG 637744c0bcd27.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको