Like us!
Follow us!
Connect us!
Watch us!

रविले गरे मतदान, प्रदेश सभाको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसाले

अर्थ संसार

आइतबार, ०४ मंसिर २०७९, ०७ : ५१ मा प्रकाशित

रविले गरे मतदान, प्रदेश सभाको मतपत्रमा स्वस्तिक छाप नलगाई मत खसाले

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन्। उनले आज काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका छन्। 

तर उनले प्रदेश सभा सदस्यको मतपत्रमा भने स्वस्तिक छाप नलगाई मत खसालेका छन् । उनले प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक दुवैमा उनले स्वस्तिक छाप लगाएनन् ।

रवि चितवन क्षेत्र नं .२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । मतदाता नामावलीमा उनको नाम काठमाडौँ भएका कारण उनले काठमाडौँबाट मतदान गरेका हुन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको