Like us!
Follow us!
Connect us!
Watch us!

मतपेटिका पुर्‍याएर फर्किरहेको जिप दुर्घटना हुँदा बैतडीमा तीन जना प्रहरीको मृत्यु

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, ०८ : २४ मा प्रकाशित

मतपेटिका पुर्‍याएर फर्किरहेको जिप दुर्घटना हुँदा बैतडीमा तीन जना प्रहरीको मृत्यु

बैतडीमा  प्रहरी सवार जिप दुर्घटनामा परेको छ। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो।

मतपेटिका पुर्‍याएर फर्कँदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा हँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। उनले भने, ‘तीन जनाको मृत्यु भएको भन्ने खबर आको छ, उद्धार जारी रहेको आएको खबर छ, म आफैं घटनास्थल जाँदैछु।’

जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ। रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ  छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको