Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी र कुमारी बैंककाे कति निस्कियाे अन्तिम स्वाप रेसियाे ?

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, ११ : १५ मा प्रकाशित

एनसीसी र कुमारी बैंककाे कति निस्कियाे अन्तिम स्वाप रेसियाे ?

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) काे डीडीए सम्पन्न भएकाे छ । दुवै बैंककाे सञ्चालक समितिकाे बैठकले मर्जरपछि स्वाप रेसियाे १ः१ को अनुपात कायम गर्ने निर्णय स्विकृत गरेकाे छ । 

असाेज १० गते सम्पन्न समझदारीपत्रको आधारमा गठन गरिएको संयुक्त मर्जर समितिबाट दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गर्न नियुक्त मुल्यांकनकर्ताले दुवै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मुल्यांकन गरी दिएको मुल्यांकन प्रतिवेदनसमेतको आधारमा संयुक्त मर्जर समितिले १:१ सेयर आदान प्रदान अनुपात (Share Swap Ratio) निर्धारण गरी संचालक समितिको अनुमोदनको लागि सिफारिस गरे अनुरुप बैंकको संचालक समितिको मिति २०७९।८।१ मा बसेको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदान प्रदान अनुपात १:१ कायम गर्ने गरी Share Swap Ratio स्वीकृत गर्ने निर्णय गरेको हाे ।

दुई बैंकबीच असाेज १० गते, साेमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियाे । सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बास्तोलाले हस्ताक्षर गरेका थिए । मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।  मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने भएका छन् ।

सूचना हेर्नुहाेस् :

637c5edc7be65.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको