Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई लाइफका संस्थापकलाई थप १००% रकम जम्मा गर्ने म्याद लम्बियाे

अर्थ संसार

मंगलबार, ०६ मंसिर २०७९, १४ : १५ मा प्रकाशित

आईएमई लाइफका संस्थापकलाई थप १००% रकम जम्मा गर्ने म्याद लम्बियाे

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयरधनीहरूलाई सेयर बापतकाे थप १००% रकम जम्मा गर्ने म्याद थपिएकाे छ । यसअघि मंसिर ५ गतेसम्म भनिएकाेमा अब म्याद लम्ब्याएर मंसिर २० गतेसम्म पुर्याइएकाे छ । 

कम्पनीकाे असाेज २६ गते सम्पन्न भएकाे पाँचौ वार्षिक साधारण सभाको निर्णयबाट कम्पनीको चुक्ता पुँजी १०० (सय) प्रतिशत वृद्धि गर्ने निर्णय भई सोही बमोजिम असाेज ३१ गतेको सञ्चालक समितिको बैठकले साविक सेयरधनीहरुबाट सेयरमा लगानी भएको रकमको थप १०० (सय) प्रतिशत पूँजी माग गर्ने निर्णय भएकाे थियाे ।

संस्थापक सेयरधनीहरुले सिद्धार्थ बैंकमा रहेको खाता नं ५५५००३५८८१४ र नबिल बैंकमा रहेको खाता नं ००२०१०१७५०५३७८ मा रकम जम्मा गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको