Like us!
Follow us!
Connect us!
Watch us!

नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १० : ३८ मा प्रकाशित

नबिल फ्लेक्सी क्याप फण्डमा आवेदन दिने आज अन्तिम दिन

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले कार्तिक २३ गते, बुधबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे ‘नबिल फ्लेक्सी क्याप फण्ड’ मा  आवेदन दिने आज (मंसिर ७ गते, बुधबार) अन्तिम दिन रहेकाे छ । 

क्यापिटलले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ७० करोड रुपैयाँ बराबरको ७ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १४ प्रतिशत इकाई कोष प्रवद्धक नबिल बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत याेजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको ६ करोड ३७ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री गरिनेछ । याे खुल्लामुखी योजना हो । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको