Like us!
Follow us!
Connect us!
Watch us!

राधी विद्युतको अवितरित हकप्रद भर्ने म्याद थपियाे

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १० : ४९ मा प्रकाशित

राधी विद्युतको अवितरित हकप्रद भर्ने म्याद थपियाे

राधी जलविद्युत कम्पनी लिमिटेडले कार्तिक २९ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएकाे छ । यसअघि आज मंसिर ७ गतेसम्म भर्न पाइने भनिएकाेमा चुनावकाे कारण ४ र ५ गते सार्वजनिक बिदा परेकाे हुनाले एक दिन म्याद थपिएकाे हाे । अब भाेलि मंसिर ८ गतेसम्म आवेदन दिन पाइनेछ । 

कम्पनीले असाेज ५ गतेदेखि असाेज २५ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ५ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे हाे । 

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, नक्साल, काठमाडौँ तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगंज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको