Like us!
Follow us!
Connect us!
Watch us!

पोल र तार प्रयाेगलाई सम्झाैता गर्न प्राधिकरणले ताेक्याे समयसीमा

अर्थ संसार

बुधबार, ०७ मंसिर २०७९, १५ : ५५ मा प्रकाशित

पोल र तार प्रयाेगलाई सम्झाैता गर्न प्राधिकरणले ताेक्याे समयसीमा

नेपाल विद्युत् प्राधिकरणले आफ्ना पोल तथा तारलगायतका संरचना प्रयोगका लागि सम्झौता गर्न समयसिमा ताेकेकाे छ । प्राधिकरणले सम्बन्धित कम्पनीहरूलाई एक महिने समयसीमा तोकेको हाे । 

टेलिभिजन, टेलिफोन तथा इन्टरनेट सेवा प्रदायकले सम्झौता नगरी पूर्वाधार प्रयोग गरेको पाइए कानुनबमोजिम कारबाही गरिने प्राधिकरणले जनाएकाे छ । प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिई इन्टरनेट, टेलिफोन तथा केबल टीभी सेवा सञ्चालन गर्ने सेवा प्रदायकले गरेको सम्झौता नवीकरण र सम्झौता नगरेको भए सम्झौता गरेर मात्रै सेवा दिन प्राधिकरणले सूचना मार्फत् निर्देशन दिएकाे छ । 

त्यसैगरी, प्राधिकरणले आगामी पुस ७ गतेभित्र सम्झौता तथा सम्झौता नवीकरण नगरी नयाँ लाइन सेवा विस्तार नगर्न पनि अनुराेध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको