Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले बढ्याे नेप्से परिसूचक, शाइन रेसुङ्गा काराेबारमा अब्बल

नेप्से

विहीबार, ०८ मंसिर २०७९, १५ : ०७ मा प्रकाशित

दाेहाेराे अंकले बढ्याे नेप्से परिसूचक, शाइन रेसुङ्गा काराेबारमा अब्बल

आज (बिहीबार) नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा घटेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.५६ अंकले बढेर १९३३.५५ विन्दुमा पुगेकाे छ । नेप्से ०.६० प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.०२ अंकले बढेर ३८०.९२ विन्दुमा पुगेकाे छ । 

कूल २३२ वटा कम्पनीकाे २५ लाख ६९ हजार २ सय २९ कित्ता सेयर खरिदबिक्री हुँदा ९२ करोड ५१ लाख ७४ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहकाे सेयर बढेकाे छ । नन लाइफ इन्स्याेरेन्स उपसमूहकाे सेयर मात्रै घटेकाे हाे । 

बिहीबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ७ कराेड ६२ लाख ४८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे हिजाे मंसिर ७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्विकृत गरी बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

आज घलेम्दी हाइड्राेपावरकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ६.८३ प्रतिशतले बढेर २ सय १९ रूपैयाँ पुगेकाे छ ।

यस दिन किसान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । संस्थाकाे सेयरमूल्य २.८९ प्रतिशतले घटेर ७ सय ८५ रूपैयाँ १० पैसामा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको