Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सरकार गठनको खेल सुरु

पत्रपत्रिका

शुक्रबार, ०९ मंसिर २०७९, ०६ : ५९ मा प्रकाशित

नयाँ सरकार गठनको खेल सुरु

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउँदै गर्दा सत्तारूढ गठबन्धनको भविष्यसमेत अन्योलतर्फ अघि बढेको छ । यो अन्योलताकाबीच फेरि नयाँ सरकार गठनका लागि खेल सुरु भइसकेको छ ।

नेपाली कांग्रेस प्रतिनिधि सभातर्फ पहिलो नम्बरको रफ्तारमा अघि बढिरहँदा सत्ता गठबन्धनमै रहेका अन्य दल भने परिणामबाट सन्तुष्ट रहन सकिरहेका छैनन् । यो असन्तुष्टिबीचमा नेकपा एमालेले समेत अवसर खोजिरहेको छ ।

उता कांग्रेसभित्र पनि नयाँ सरकार गठनबारे विभिन्न नेताहरूले आन्तरिक छलफल थालेको स्रोतले जानकारी दिएको छ । निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फका सबै परिणाम आएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

सो अवस्थामा कांग्रेस र एमालेबीच पनि सरकार गठनमा सहमति हुन सक्ने दखिन्छ भने कांग्रेससहित हाल गठबन्धनमा रहेका दल वा एमालेसहित माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको सरकार बन्ने अवस्था आउन सक्छ । त्यो अवस्थामा निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत निर्णायक हुने अवस्था आउन सक्छ । राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको