Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले डाक्यो साधारण सभा, ९० करोड लाभांश पारित हुँदै

अर्थ संसार

शुक्रबार, ०९ मंसिर २०७९, १६ : ४१ मा प्रकाशित

निफ्राले डाक्यो साधारण सभा, ९० करोड लाभांश पारित हुँदै

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काे वार्षिक साधारण सभा भाेलि (मंसिर १० गते, शनिबार) हुँदैछ  । 

बैंकको संचालक समितिको बैठकले गरेकाे निर्णय अनुसार बैंकको चौथो वार्षिक साधारण सभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमाडौँमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।

सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । 

लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर १ गते एक दिनका लागि बुकक्लोज गरेको थियाे । त्यसैले मंसिर १ गतेभन्दा अगाडी सेयर किन्ने सेयरधनीहरुले मात्र लाभांश लिन र साधारण सभामा सहभागी हुन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको