Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

अर्थ संसार

आइतबार, ११ मंसिर २०७९, १० : ३६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागी भएको छ । पार्टीकाे चितवन जिल्लाकाे पार्टी कार्यालयमा आगलागी भएको हाे ।

शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । आगलागी भएर कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । यस्तै कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको प्रहरीले जानकारी दिएकाे छ । कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको छ ।

घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको