Like us!
Follow us!
Connect us!
Watch us!

बढी मतान्तरले चुनाव जित्नेहरू, कसकाे कति मतान्तर ?

पत्रपत्रिका

विहीबार, १५ मंसिर २०७९, ०८ : ३७ मा प्रकाशित

बढी मतान्तरले चुनाव जित्नेहरू, कसकाे कति मतान्तर ?

पूर्वसञ्चारकर्मी रवि लामिछानेले चितवन २ बाट ३४ हजार बढी मतान्तरले जिते। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले ४९ हजार ३ सय मत पाए। उनले बहालवाला राज्यमन्त्री कांग्रेसका उमेश श्रेष्ठलाई हराए। श्रेष्ठले १४ हजार ९ सय ८८ मत पाएका थिए।

भक्तपुर १ बाट नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ४२ हजार ७ सय ६१ मतले प्राप्त गरी विजयी भए। उनका प्रतिस्पर्धी एमालेका नवराज गेलाल ११ हजार ९ सय ६८ मतमा सीमित भए। सुवालले गेलालले भन्दा ३० हजार ७ सय ९३ मत बढी पाए।

झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीले निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले जिते। ओलीले ५२ हजार ३ सय १९ र अधिकारीले २३ हजार ७ सय ४३ मत पाएका थिए।

रोल्पाबाट माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेका पूर्ण बुढामगरलाई फराकिलो अन्तरले पराजित गरे। रोल्पाबाट गठबन्धनका उम्मेदवार पुनले ४१ हजार ७ सय १४ र एमालेका बुढामगरले १६ हजार ४ सय ८५ मत पाए। उनीहरू बीचको हारजितमा २५ हजार २ सय २९ मतान्तर छ।

मोरङ ३ मा कांग्रेसका सुनिलकुमार शर्माले एमालेका भानुभक्त ढकाललाई २२ हजार ७ सय ३६ मतान्तरले पराजित गरे। सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले हराए। रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङले एमालेका कैलाश ढुंगेललाई १६ हजार ३ सय ६९ मतान्तरले पराजित गरे।

त्यस्तै ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा तोसिमा कार्कीले एमालेका अमृत खड्का र बहालवाला मन्त्री पम्फा भुसाललाई जितिन्। उनले निकटतम प्रतिस्पर्धीले भन्दा १८ हजार १७३ मत बढी पाइन्। गोरखा क्षेत्र १ मा कांग्रेसका राजेन्द्र बजगाईंले एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मतान्तरले पराजित गरे। नागरिक दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको