Like us!
Follow us!
Connect us!
Watch us!

फेरी घटेर आयो इन्धनको मूल्य, निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुने

अर्थ संसार

शुक्रबार, १६ मंसिर २०७९, ०६ : ५९ मा प्रकाशित

फेरी घटेर आयो इन्धनको मूल्य, निगमलाई १५ दिनमै ५८ करोड रुपैयाँ नाफा हुने

खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले १ डिसेम्बरमा पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिटिलर ११ रुपियाँ, पेट्रोलमा प्रतिलिटर २ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर ६ रुपियाँ मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य घटेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मूल्य घटेर आएकाले निगमलाई पेट्रोल प्रतिलिटरमा १३ रुपियाँ र डिजेल प्रतिलिटरमा ५० पैसा नाफा रहेको छ । यस्तै हवाई इन्धन आन्तरिकमा  ४२ रुपियाँ र मट्टीतेल प्रतिलिटरमा ३५ रुपियाँ नाफा गरेको निगमले जनाएको छ । ग्यासमा भने प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा कायम रहेको निगमले जनाएको छ । मूल्य घटेर आएकाले खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । नयाँ मूल्यले निगमलाई १५ दिनमै ५८ करोड रुपियाँ नाफा हुने अनुमान गरिएको छ । 

इन्धनको मूल्य घटेर आए पनि तत्काल बजारमा मूल्य नघटाउने निगमले जनाएको छ । पछिल्लो समय इन्धनको मूल्य घटेर आए पनि आईओसीलाई तेल खरिद गरेको रकम तिर्न बाँकी रहेकाले निगमले मूल्य घटाएको थिएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको