Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न लागेकाे सानिमा मिडिल तमोरले डाक्याे साधारण सभा, के-के छन् मुख्य एजेन्डा ?

अर्थ संसार

आइतबार, १८ मंसिर २०७९, ११ : ४६ मा प्रकाशित

आईपीओ निष्कासन गर्न लागेकाे सानिमा मिडिल तमोरले डाक्याे साधारण सभा, के-के छन् मुख्य एजेन्डा ?

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे मंसिर १५ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे साताैँ वार्षिक साधारण सभा पाैष १४ गते, बिहीबार अकामा हाेटल, धुम्बाराही, काठमाडाैँ र विद्युतीय माध्यम ZOOM APP मार्फत एकसाथ बिहान ११ बजेबाट सुरू हुनेछ ।  

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा-नाेक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिले सिफारीस गरे बमोजिन आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ती गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने,  सञ्चालकको नियुक्ति सम्बन्धी सञ्चालक समितिकाे निर्णय अनुमाेदन गर्ने, सञ्चालक समिति तथा अन्य उपसमितिको बैठक भत्ता वृद्धि गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ।

यसका साथै, सभामा कम्पनीकाे उद्देश्य परिमार्जन, पूँजीगत संरचना र सञ्चालक समितिकाे संरचनामा परिवर्तन गर्नका लागि कम्पनीकाे प्रबन्धपत्र तथा नियमावली संशाेधन गर्ने, साे बमाेजिमकाे कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ । 

कम्पनीले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ कराेड ३१ लाख २५ हजार रूपैयाँ बराबरकाे ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न असार २४ गते, शुक्रबार नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ । कम्पनीले गत वर्षकाे साधारण सभाबाट नै आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

638c395f32c4e.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको