एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा आज (मंसिर २२ गते, बिहीबार) अवरूद्ध भएकाे थियाे । सेवा अवरूद्ध भएकाेमा एनसेलले एक सूचना प्रकाशन गर्दै क्षमा मागेकाे छ ।
सूचनामा भनिएकाे छ, "यस एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा आज बिहीबार (मंसिर २२, २००९) सडक विस्तारका क्रममा बुटवल - बर्दघाट र दमौली- आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण अवरुद्ध भएको जानकारी गराउन चाहन्छौं । कम्पनीका सम्बन्धित मर्मतसम्भार टोलीहरू फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको छ । यस अप्रत्याशित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं ।"
"अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन एनसेल सबैलाई हार्दिक अनुरोध गर्दछ । हामीलाई गर्नुभएको माया, विश्वास, समर्थन र समझदारीका लागि हामी सम्पूर्ण ग्राहक, साकेदार तथा शुभचिन्तकप्रति आभारी छौं । हामी भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्न प्रतिवद्ध छौं ।", सूचनामा उल्लेख छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस