Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोद्वारा शपथ ग्रहण

अर्थ संसार

आइतबार, २५ मंसिर २०७९, १६ : ४७ मा प्रकाशित

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा. महतोद्वारा शपथ ग्रहण

माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

उक्त सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छे बैंक सञ्चालक समिति सदस्यहरु तथा प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।

माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो । राष्ट्रिय एंव अन्र्तराष्ट्रिय स्तरमा सफल उद्यमीको छवि बनाईकेका डा.महतो “गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको