Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

अर्थ संसार

मंगलबार, २७ मंसिर २०७९, १२ : २८ मा प्रकाशित

सिभिल बैंकको मोबाईल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ विजिनेस भोला बहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरेका थिए । 

सो सम्झौतापत्र अनुसार २०७९ पौष १ गते देखि नेपाल टेलिकमको मोबाईल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्पmत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यम मार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।

सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाईल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैंकका चिफ विजिनेस भोला बहादुर बिष्टले बताए । 

हालसम्म रु. ९५.२४ अर्व निक्षेप संकलन गरि करिव रु. ८७.०८ अर्ब ऋण लगानी गरेको सिभिल बैंकको हाल ११५ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको