Like us!
Follow us!
Connect us!
Watch us!

“महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रम सुरू, ३ हजार बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य

अर्थ संसार

मंगलबार, ०५ पुस २०७९, १२ : ३६ मा प्रकाशित

“महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रम सुरू, ३ हजार बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य

“युवासँग-महालक्ष्मी लाईफ” को सफलता पछि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको शुभारम्भ गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले पौष ४ गते चितवनको सौराहास्थित होटल सेभेन स्टारमा आयोजित समारोहमा पानसमा बत्ति बालेर उक्त कार्यक्रमको समुदघाटन गरेका हुन् । कार्यक्रममा देशभरीबाट शाखा/उपशाखा प्रमुख र अधिकृतहरु समेत गरी ७५ जनाको उपस्थिति रहेको थियो।

समारोहमा अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नो उदघाटन मन्तव्य दिँदै कम्पनीले आफ्नो संस्थागत  सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम सञ्चालन गर्न लागेको बताए । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरेका छन् । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” कार्यक्रमको विस्तृत अवधारणा र महिला सशक्तिकरणमा कार्यक्रमले पार्ने प्रभावको बारेमा जानकारी गराए । देशमा महिलाको जनसंख्या पुरुषको दाजोमा बढ्दै गइरहेकोले उनीहरुलाई सक्षम र आर्थिक रुपमा सबल नबनाई देश अघि बढ्न सक्दैन। महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने जानकारी प्रमुख कार्यकारी अधिकृत भट्टराईले दिए । 

आ.व. २०७९/८० भित्र परिक्षणको रुपमा सञ्चालन हुने यो कार्यक्रम ३० जिल्लामा सञ्चालन गरिनेछ । यो कार्यक्रम मार्फत ६० जना महिलालाई प्रत्यक्ष रोजगारी र ३,००० भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिने लक्ष्य लिइएको छ । यो कार्यक्रममा सरकारी, गैर सरकारी निकाय संग समन्वय गरी महिलालहरुलाई तालिम दिने, रोजगारीको लागि बीमा लगायत विभिन्न कार्यमा संलग्न गराउने र नियमित अभिप्रेरित गर्ने कार्यक्रम रहेको छ । 

बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले सञ्चालन गरेका कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले स्वागत मन्तव्य र कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको