Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाको नयाँ स्वरूप फेला पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

अर्थ संसार

शुक्रबार, ०८ पुस २०७९, ०६ : १३ मा प्रकाशित

कोरोनाको नयाँ स्वरूप फेला पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

सरकारले कोरोना भाइरस नयाँ स्वरुमा देखा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपालमा कोरोना सङ्क्रमणदर कम हुँदै गए पनि विश्वव्यापी रूपमा केही देशमा सङ्क्रमणका नयाँ स्वरूपमा कोरोना जोखिम बढी रहेकाले सचेत रहन आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले कोभिड–१९ सङ्क्रमणको जोखिम विश्वमा फरक स्वरूपमा देखिरहेकाले नेपालमा सतर्कता अपनाउन आग्रह गर्नुभएको हो  ।

मन्त्रालयले सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कले तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

नयाँ भेरियन्ट फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशहरूसँग समन्वय गर्ने कार्य गरिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समय छिमेकी मुलुकमा पुष्टि भएको बि.एफ.७  भने हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना सङ्क्रमण फैलन नदिन मास्कको प्रयोग गर्न, भौतिक रूपमा दूरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको