Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल ग्रोथ फण्ड धमाधम बिक्रीमा

अर्थ संसार

आइतबार, १० पुस २०७९, १५ : ०१ मा प्रकाशित

एनआईबिएल ग्रोथ फण्ड धमाधम बिक्रीमा

“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत सञ्चालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड" यही पौष ७ गतेबाट सार्वजनिक निष्कासनमा रहेको छ । योजनाको सार्वजनिक निष्कासन छिटोमा पौष १२ गते र ढिलोमा पौष २१ गतेसम्म रहनेछ ।

इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था ) यस योजनामा न्यूनतम रु. १ हजारदेखि अधिकतम रु १६ करोड सम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताहरुले आफ्नो सी- आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगईन (Login) गरी अनलाईन आवेदन दिन सक्नेछन् । योजनाको विवरण पुस्तिका एनआईबिएल एस क्यापिटल लि. को वेव साईट (www.niblcapital.com) तथा नेपाल धितोपत्र बोर्डको वेव साईट (www.sebon.gov.np)मा समेत राखिएको छ ।

यस योजनाको आकार १ अर्ब ६० करोड र समयावधि १० वर्षको रहेको छ र यो हाल सम्मकै सबैभन्दा ठुलो म्युचुअल फण्ड योजनाको सार्वजनिक निष्काशन समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले वार्षिक प्रतिफल (Effective Annual Return) को रुपमा २०२५ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

सार्वजनिक निष्कासनको तेस्रो दिनसम्ममा यस योजनाको कुल १६ करोड इकाई मध्ये ४,१७,२७,६०० इकाईको लागी आवेदन प्राप्त भईसकेको छ । लगानीकर्ताहरूले न्यूनतम १०० र अधिकतम १ करोड ६० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् ।

“एनआईबिएल ग्रोथ फण्ड” का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको