Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रालयको जिम्मेवारी बुलिस मन्त्रीलाई

अर्थ संसार

सोमबार, ११ पुस २०७९, ०८ : ३६ मा प्रकाशित

अर्थमन्त्रालयको जिम्मेवारी बुलिस मन्त्रीलाई

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । तेस्रो पटक प्रधानमन्त्री बन्न लागेका प्रचण्डले आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनेछिन्। 

प्रचण्डले आइतबार प्रतिनिधिसभाका १६९ जना सांसदहरुको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए । लगतै राष्ट्रपति भण्डारीले दाहाललाई प्रधानमन्त्री नियुक्त गरेकी थिईन। 

शपथ लगतै प्रचण्डले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने र पछि त्यसलाई विस्तार गर्ने प्रचण्डको तयारी रहेको बुझिएको छ।  प्रचण्डको मन्त्रिमण्डलमा एमालेको तर्फबाट विष्णु पौडेलले नेतृत्व गर्ने बुझिएको छ। नयाँ बनेको गठबन्धनको यसपालि अर्थमन्त्रालय एमालेको भागमा परेको बुझिएको छ। पौडेलले उपप्रधान तथा अर्थमन्त्री हुने बालकोट स्रोतले जनाएको छ।

पौडेल यस अघि पनि दुई पटक अर्थमन्त्री भैसकेका छन्। इतिहास हेर्ने हो भने विष्णु पौडेल सेयर बजारले रुचाएका मन्त्री पर्छन। दुई पटक अर्थमन्त्रालय समालेका अर्थमन्त्री उनी रहेको समय मार्केट बुलमा गएको थियो। 

२०७२ कार्तिक १९-२०७३ साउन १७(5 November 2015 – 1 August 2016)
पहिलो पटक उनी केपी शर्मा ओली प्रधानमन्त्रीको मन्त्रिमण्डलमा अर्थमन्त्री रहेका थिए। २०१५ -२०१६ को बिचमा उनी अर्थमन्त्री रहदाबजार ६८१ अंकले बढेको थियो। अर्थात उनले अर्थमन्त्रालय समाल्दा नेप्से १०८० थियो र उनी अर्थमन्त्रायबाट बाहिरहदा नेप्से १७६८ रहेको थियो। त्यस समय ६२५ अंकले मार्केट बढेको नै देखिन्छ। 

२०७७ असोज २८ - २०७८ असार २८ (14 October 2020 – 12 July 2021)
दोस्रो कार्यकालमा पनि पौडेल ९ महिनामा सफल अर्थमन्त्री बनेर बाहिरिएका थिए । दोस्रो पटकअर्थमन्त्रालयको जिम्मेवारी पनि एमाले अध्यक्ष ओली कै मन्त्रीमण्डलमा पौडेलले पाएका थिए। दोस्रो पटक अर्थमन्त्रीमा इन्ट्री हुदा नेप्से १५२० को विन्दुमा रहेको थियो र नेप्से बजार २८८० को हाराहारीमा हुदा उनी अर्थमन्त्री छाडेर बाहिरिएका थिए। 

तथ्याङ्कलाई केलाउदा पौडेललाई लगानीकर्ताले विश्वास गरेको अर्थमन्त्रीको रुपमा बुझ्न सकिन्छ।  उनी यस अगाडी  दुबै पटक अर्थको बागडोर समल्दा मन्त्रिपरिषदको नेतृत्व उनका आफ्नै पार्टीका अध्यक्ष ओलीले गरेका थिए भने यसपाली उनि नेकपा माओंवादीका अध्यक्ष प्रचण्डको मन्त्रिमण्डलमा हुनेछन्।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको