Like us!
Follow us!
Connect us!
Watch us!

तरलतामा सुधारकाे संकेत, एक सातामै २० अर्बले बढ्यो निक्षेप

अर्थ संसार

बुधबार, १३ पुस २०७९, ११ : २७ मा प्रकाशित

तरलतामा सुधारकाे संकेत, एक सातामै २० अर्बले बढ्यो निक्षेप

तरलतामा सुधारकाे संकेत देखिएकाे छ । पुसकाे पहिलाे साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन बढेकाे हाे ।

पुस ८ गतेसम्ममा वाणिज्य बैंकहरूकाे निक्षेप संकलन बढेर ४६ खर्ब ४५ अर्ब पुगेको छ । पुस १ गते वाणिज्य बैंकहरुको निक्षेप ४६ खर्ब २५ अर्ब रहेको थियाे । एस सातामा बैंकहरूकाे निक्षेप संकलन २० अर्बले बढेकाे हाे ।

यता बैंकहरूकाे कर्जा प्रवाह थाेरै बढेकाे छ । पुस १ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेकोमा पुस ८ गतेसम्ममा एक अर्बले बढेर ४२ खर्ब २३ अर्ब पुगेको छ ।

त्यसैगरी, पुसकाे पहिलाे साता बैंकहरुको औसत सिडी रेसियो ८६.०६ प्रतिशत रहेको नेपाल बैंकर्स एसोसिएसनले जनाएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको