Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से २००० माथि लाग्दा टप ब्रोकरहरुको खरिद बिक्री कस्तो रह्यो ?

अर्थ संसार

विहीबार, १४ पुस २०७९, १६ : ५५ मा प्रकाशित

नेप्से २००० माथि लाग्दा टप ब्रोकरहरुको खरिद बिक्री कस्तो रह्यो ?

नेप्से परिसूचक २००० माथि लागेको छ। आज नेप्से परिसूचक २०२९ मा क्लोज भएको छ। बजारले यसअघि बारम्बार १९९० को बिन्दु ब्रेक गर्न खोजेपनि सफल हुन सकेको थिएन। १९९० एक बलियो रेसिस्टेन्सको रुपमा देखिएको थियो। आज नेप्से परिसूचक २०२९ को बिन्दुमा पुगे सँगै बहुप्रतिक्षित रेसिस्टेन्स ब्रेक भएको हो।  

कस्तो रह्यो आजको बजार ? 

बजार आज पहिलो घण्टामा कन्फ्युजनकै स्टेटमा थियो। बजार घट्ने क्रममा नेप्से परिसूचक १९६१ सम्म पनि झरेको थियो। १२ बजेदेखि बजार बिस्तारै बढ्न सुरु गर्यो। ११ बजेदेखि १२ बजेको बिचमा बजार घट्ने-बढ्ने गरिरहँदा कारोबार रकम पनि निकै कम थियो। बजार बढ्दै गर्दा कारोबार रकम पनि बढ्दै गयो। अन्तिम घण्टामा कारोबार रकम व्हात्तै बढ्यो।  

टप १० ब्रोकरहरुको आजको कारोबार

आज सबैभन्दा धेरै खरिद ब्रोकर नम्बर ५८ (नासा सेक्युरिटिज) बाट भएको छ। नासाबाट २४ करोडको खरिद भएको छ भने १८ करोडको बिक्रि भएको छ। सनि सेक्युरिटिज ब्रोकर नम्बर ४२ दोश्रो स्थानमा छ। सनिबाट १८ करोडको खरिद भएको छ भने १२ करोडको बिक्रि भएको छ। तेस्रो नम्बरमा रहेको अन्लाईन सेक्युरिटिज (ब्रोकर नम्बर ४९ ) बाट १३ करोडको खरिद र ११ करोडको बिक्रि भएको छ। टप कारोबार गर्ने १० ब्रोकरहरु मध्ये ८ वटाबाट खरिद धेरै भएको छ भने २ वटा ब्रोकरको बिक्रि धेरै देखिएको छ।  

अब कस्तो रहला बजारको यात्रा ?

नेप्से परिसूचकले २००० को बिन्दु क्रस गरेसँगै बजारले साइडवेज प्याटर्न ब्रेक गरेको छ। विगत ६ महिनादेखि बजार १८०० देखि २००० को बिन्दुमा रुमल्लिरहेको थियो। ब्रेक हुनुअघि २००० एक महत्वपूर्ण रेसिस्टेन्स भएजस्तै अब ब्रेक भैसकेपछी २००० को बिन्दुले महत्वपूर्ण सपोर्टको रुपमा काम गर्ने प्राविधिक विश्लेषकहरु बताउँछन्। 

अर्थमन्त्रीमा बिष्णु पौडेलको आगमन सँगै सरकारले पूँजी बजारलाई उच्च प्राथमिकतामा राखेको हुँदा केहि बजार मैत्री नीतिहरु आउनसक्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन्। त्यस्तै माघ महिनादेखि निक्षेपको ब्याजदर पनि घट्नसक्ने अपेक्षा धेरैको छ। ३२०० को बिन्दुबाट छोटो समयमै १८०० को बिन्दुमा बजार खसेकाले अब बजार माथितिर लाग्दा पनि शार्प राईज हुनसक्ने आँकलन विश्लेषकहरुले गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको