नेपाल टेलिकमको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको छ । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १७ (आज) गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
कम्पनीले आफ्नो १५ औँ वार्षिक साधारण सभा पुस २८ गते राष्टिय सभागृह, काठमांडौमा बिहान १० बजेदेखि गर्दैछ।
यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।
नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम NTC रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस