Like us!
Follow us!
Connect us!
Watch us!

झुत्रा नोटबाट बनेका ब्रिकेट बेच्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, १७ पुस २०७९, १३ : ०१ मा प्रकाशित

झुत्रा नोटबाट बनेका ब्रिकेट बेच्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले झुत्रा र च्यातिएका नोटबाट बनाइएको ब्रिकेट तथा स्रेडेड टुक्राहरु बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले वार्षिक रुपमा २ लाख ७५ हजार केजी ब्रिकेट बिक्री गर्न शिलबन्दी दरभाउ प्रस्ताव आहृवान गरेको छ । ब्रिकेट किन्न खरिद इच्छुक खरिदकर्ताले फागुन १ गतेसम्म राष्ट्र बैंकको मुख्य वा कुनै पनि प्रादेशिक कार्यालयमा प्रस्ताव बुझाउन सक्नेछन् । शिलबन्दी दरभाउ प्रस्ताव पेश गर्दा खरिदकर्ताले २ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । ब्रिकेट खरिदका लागि परेका प्रस्तावमा मूल्य प्रतिस्पर्धाको आधारमा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले २०७८ भदाैदेखि चलनचल्तीमा ल्याउन नमिल्ने झुत्रा र पुराना नोटलाई मेसिनबाट टुक्र्याएर ब्रिकेट बनाउन सुरू गरेकाे थियाे । बैंककाे केन्द्रिय कार्यालय काठमाडाैं र राष्ट्र बैंकका प्रादेशिक कार्यालयमा पुराना, च्यातिएका नोटबाट ब्रिकेट बनाइने गरिन्छ ।

सूचना हेर्नुहाेस् :

63b13684ab8d9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको