Like us!
Follow us!
Connect us!
Watch us!

चालु पूँजी कर्जामा राष्ट्र बैंक लचिलो हुने संकेतले बढ्यो सेयर लगानीकर्ताको मनोबल

अर्थ संसार

सोमबार, १८ पुस २०७९, १७ : ०८ मा प्रकाशित

चालु पूँजी कर्जामा राष्ट्र बैंक लचिलो हुने संकेतले बढ्यो सेयर लगानीकर्ताको मनोबल

नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा निर्देशिकामा लचकता अपनाउने संकेत गरेको छ। व्यवसायिक संगठनका प्रतिनिधिहरुसंग आज भएको भेटमा चालु पूँजी कर्जा निर्देशिका सम्बन्धमा महत्वपूर्ण छलफल भएको बुझिन आएको छ। 

नेपाल राष्ट्र बैंकले विगतमा भएका विकृतिहरु पखाल्ने भन्दै एक पछि अर्को कडा कदम चालेको थियो। व्यवसायीहरुले चालु पूँजीका नाममा ठूलो कर्जा लिने अनि सो रकमलाई व्यवसायमा भन्दा पनि छोटो समयमा नाफा कमाउन सकिने क्षेत्रहरुमा लगाईरहेको भन्दै राष्ट्र बैंकले चालु पूँजी कर्जामा कडाई गर्ने नीति अख्तियार गर्यो। 

व्यवसायीहरुले यसअघि पनि पटक पटक चालु पूँजी कर्जा निर्देशिकालाई हालका लागि स्थगित गरिनुपर्ने माग राख्दै आएका थिए। त्यतिबेला राष्ट्र बैंक जुनसुकै हालतमा पनि चालु पूँजी निर्देशिका लागू गरेरै छाड्ने मनस्थितिमा थियो। अहिले भने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निकै लचिलो रुपमा प्रस्तुत भएको भेटमा संलग्न व्यवसायीहरुले बताएका छन्।  

गभर्नर अधिकारी र व्यवसायीहरुबीच भएको छलफलमा मध्यमार्गी बाटो निकाल्ने निष्कर्ष निस्किएको एक व्यवसायीले बताए। केहि समयका लागि पुराना ऋणीहरुका केसमा सो निर्देशिका आकर्षित नहुने तर नयाँ कर्जाहरुमा चाहिँ सोहि निर्देशिका अनुसार गर्नुपर्ने व्यवस्था गर्दा राष्ट्र बैंकको निर्देशिका पनि लागू हुने र व्यवसायीहरुलाई पनि राहत हुने देखिएकाले सोहि बाटो अपनाउने बारेमा छलफल भएको हो।  

व्यवसायीहरुले पुराना ऋणीहरुका सन्धर्भमा कम्तिमा २ वर्षपछि मात्रै निर्देशिकाअनुसार गरिनुपर्ने माग राख्दै आएका छन्। तर राष्ट्र बैंक भने चालु आर्थिक वर्षका लागि मात्रै सहुलियत दिने मनस्थितिमा रहेको स्रोत जनाउँछ। 

चालु पूँजी कर्जामा राष्ट्र बैंक लचिलो बन्नसक्ने खबर बाहिरीएपछि आज सेयर बजारमा समेत हरियाली छाएको छ। केहि करेक्सन आउनसक्ने अपेक्षा गरिएको आजको बजार दोहोरो अंकले बढेर बन्द हुनुको कारकको रुपमा यहि सूचनालाई लिईएको छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको