Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकद्वारा चालुपूँजी कर्जा मार्गदर्शन संशोधन

अर्थ संसार

बुधबार, २० पुस २०७९, १५ : २६ मा प्रकाशित

राष्ट्र बैंकद्वारा चालुपूँजी कर्जा मार्गदर्शन संशोधन

नेपाल राष्ट्र बैंकले चालुपूँजी कर्जा मार्गदर्शन संशोधन गरेकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरेकाे हाे ।

 राष्ट्र बैंकले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ संशोधन गरिएकाे जानकारी दिएकाे छ । याे सँगै अब राष्ट्र बैंकले मार्गदर्शनमा भएको चालु सम्पत्ति र वार्षिक काराेबारकाे आधारमा मात्रै चालु पूँजी कर्जा पाइने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्ने भएको छ ।

पत्रकार सम्मेलनमा बाेल्दै राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले चालु पुँजी कर्जा मार्गदर्शनमा ५ वटा संशोधन गरिएको जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको