Like us!
Follow us!
Connect us!
Watch us!

तरलतामा सुधारको संकेत : अन्तर बैंक ब्याजदर ६.८३ प्रतिशतमा झर्दा ओरालो लाग्यो सीडी रेसियो

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, १३ : ४९ मा प्रकाशित

तरलतामा सुधारको संकेत : अन्तर बैंक ब्याजदर ६.८३ प्रतिशतमा झर्दा ओरालो लाग्यो सीडी रेसियो

तरलतामा सुधारकाे संकेत देखिएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार अन्तर बैंक ब्याजदर ६.८३ प्रतिशतमा झर्दा सीडी रेसियो पनि घटेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पाैष २० गते बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पाैष १९ गते, मंगलबारसम्म बैंकहरूकाे निक्षेप ५२ खर्ब ९५ अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप ७ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ७ अर्बले बढेर ४६ खर्ब ७५ अर्ब पुगेकाे छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि एक अर्बले बढेर ४२ खर्ब २१ अर्ब रूपैयाँ पुगेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब ६७ अर्ब रूपैयाँमा स्थिर छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८६.६६ प्रतिशतबाट घटेर ८६.५६ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ७.०७ प्रतिशतबाट ६.८३ प्रतिशतमा झरेकाे छ ।

 

63b7d694b3677.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको