Like us!
Follow us!
Connect us!
Watch us!

२ अर्ब १० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, २५ पुस २०७९, १२ : २१ मा प्रकाशित

२ अर्ब १० कराेड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले २ अर्ब १० कराेड रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

बैंकले उपदान तथा पेन्सन काेषमा रहेकाे २ अर्ब १० कराेड रूपैयाँ बराबरकाे रकम  ३६६ दिनकाे अवधिका लागि (२०७९ साल माघ ४ गतेदेखि २०८० साल माघ ४ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागेकाे छ । बैंकले क वर्गका वाणिज्य बैंकहरूमा एक अर्ब ६८ कराेड रूपैयाँ, ख वर्गकाे विकास बैंकहरूमा ३१ कराेड ५० लाख रूपैयाँ र ग वर्गका वित्त कम्पनीहरूमा १० कराेड ५० लाख रूपैयाँ बराबरकाे रकम लगानी गर्न लागेकाे हाे ।

बैंक तथा वित्तीय संस्थाले पाैष २६ गते बेलुका ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

मुद्दती निक्षेपकाे बारेमा सम्पूर्ण विवरण यस प्रकारकाे छ :

63bbb797b8a61.jpg 63bbb79ed99c0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको